PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सशस्त्र प्रहरी गणका १६ प्रहरीलाई कोरोना पोजेटिभ



रासस

सशस्त्र प्रहरी गणका १६ प्रहरीलाई कोरोना पोजेटिभ

कास्की : पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधवार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टाइनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या एक हजार ८१२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell