PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

हेर्नुस् सडकमा प्रहरीको कडा चेकिङ, अनावश्यक निस्किएकालाई राखियो होल्डिङ सेन्टर'मा

हेर्नुस् सडकमा प्रहरीको कडा चेकिङ, अनावश्यक निस्किएकालाई राखियो होल्डिङ सेन्टर'मा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनले बुधवार रातिदेखि निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले अनावश्यकरुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ। त्यस्तै अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा आज बिहानदेखि नै मानिसको चहलपहल कम छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति केही बाक्लिएको छ।

बुधवार रातिदेखि जारी भएको निषेधाज्ञा भदौ १० गतेसम्म लागू हुनेछ। यस अवधिमा अत्यावश्यक बाहेक सर्वसाधरणको आवतजावतलाई पनि निषेध गरिएको छ। घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुका साथै भौतिक दूरी समेत कायम गर्नुपर्नेछ। बिना काम घरबाट निस्किए सडकमा खटिएका सुरक्षाकर्मीले कारबाहीसमेत गर्ने अधिकार दिइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell