PahiloPost

Jun 24, 2025 | १० असार २०८२

सिन्धुपाल्चोकको लिदीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला



रासस

सिन्धुपाल्चोकको लिदीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला

सिन्धुपाल्चोकः गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ। यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए।

एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो। यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन्।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन्।  तीमध्ये १४ बालबालिमा मात्रै  छन्। पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्। एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell