PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

गण्डकीमा थप ६ जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

गण्डकीमा थप ६ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा थप ६ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिकाका १४ र १६ वर्षका किशोर किशोरी छन्।

प्रदेश क्षयरोग केन्द्र पोरखामा भएको परीक्षणमा पोखरा ५ का १४ वर्षका किशोर र १६ वर्षकी किशोरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। त्यस्तै पोखरा ८ की ४२ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै तनहुँको भानु नगरपालिकाका २ जना पुरुष र स्याङ्जा गल्यांग की ४० वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। हालसम्म गण्डकीमा एक हजार ८१८ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell