PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सय १० जना समातिए



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सय १० जना समातिए

काठमाडौं : स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ।

निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ।

आज बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो। प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ।

त्यस्तै, अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ। दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell