PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

निषेधाज्ञामा बैंकका कर्मचारी बाटोमै रोकिए



पहिलोपोस्ट

निषेधाज्ञामा बैंकका कर्मचारी बाटोमै रोकिए

काठमाडौं : स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको छ।

३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो। यसरी समातिएका मध्ये केही बैंक तथा वित्तीय संस्थाका कर्मचारी समेत रहेका छन्। कर्मचारी परिचयपत्र  देखाउँदा पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

'धेरै बैंक तथा वित्तीय संस्थामा मानिस देखिए। आजलाई कार्डको आधारमा छोडेका छौं। माथिबाट जे निर्णय आउँछ त्यही गर्छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी बामदेव गौतमले भने।

अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकका अन्य निकायले प्रयोग गर्ने सवारीसाधन उपत्यका प्रवेश गर्न पनि रोक लगाइएको छ। यस्तै, निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ।

तर, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन–जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने पाइनेछ।

प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ। त्यस्तै अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ। दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell