दैनिक ५० हजारको हाराहारीमा रहँदै आएको भारतको कोरोना (कोभिड १९) संक्रमण संख्या ७० हजारमा पुगेको छ।
पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक दिनको यो संख्या अहिलेसम्मकै धेरै हो।
९ लाख १८ हजार ४ सय ७० जनाको पीसीआर परीक्षणमा करिब ७० हजारमा संक्रमण देखिएको हो।
त्यसैगरी एक दिनमा ९ सय ७७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २८ लाख ३६ हजार ९ सय २६ पुगेको छ। जसमा एक्टिभ केस ६ लाख ८६ हजार ३ सय ९५ रहेको छ। २० लाख ९६ हजार ६ सय ६५ संक्रमण मुक्त भइसकेका छन्।
Spike of 69,652 cases and 977 deaths reported in India, in the last 24 hours.
— ANI (@ANI) August 20, 2020
The #COVID19 tally in the country rises to 28,36,926 including 6,86,395 active cases, 20,96,665 cured/discharged/migrated & 53,866 deaths: Ministry of Health and Family Welfare pic.twitter.com/1RWro1WWpE
