PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बुवाले निजी जीवनमा हस्तक्षेप गरेको भन्दै ब्रिट्नी स्पेयर्स पुगिन् अदालत



पहिलोपोस्ट

बुवाले निजी जीवनमा हस्तक्षेप गरेको भन्दै ब्रिट्नी स्पेयर्स पुगिन् अदालत

ब्रिट्नी स्पेयर्स बुवाविरुद्ध निवेदन लिएर अदालत पुगेकी छिन्। बुवा जेमी स्पेयर्सले आफ्नो व्यक्तिगत् एवं व्यवसायीक जीवनमा गर्ने हस्तक्षेप रोक्ने आग्रहसहित निवेदन दिएकी हुन्।

जेमी ब्रिट्नीको मानसिक स्वास्थ्यका कारण १२ वर्षदेखि कानूनी संरक्षक रहेका छन्। सन् २०१९ मा व्यक्तिगत स्वास्थ्य समस्याका कारण देखाउँदै जिम्मेवारीबाट पन्छिएका थिए।
क्यालिफोर्नियाको शीर्ष अदालतमा दर्ता गरिएको एक निवेदनमा भनिएको छ, ‘ब्रिट्नी आफ्नो व्यक्तिगत संरक्षकको रूपमा जेमी फर्कनुकोविरुद्धमा छ।‘

३८ वर्षीया गायिका बुवाको भूमिकाको पक्षमा थिइन् जसले आफूलाई मानसिक र आर्थिक विनाशबाट बचाएको उनको दावी छ। बुवाकै संरक्षणका कारण आफू विश्व स्तरका मनोरन्जनकर्ताको रूपमा स्थापित भएको उनको भनाइ छ। तर, हाल उनी आफ्नो व्यवस्थापक जोडी मोन्टगोमेरी नै संरक्षकका रुपमा रहुन् भन्ने चाहन्छिन् जसले उनको बुबाको अनुपस्थितिमा उनको निजी मामिलाको रेखदेख गरेका थिए।

ब्रिट्नीले आफ्नो वित्तीय मामिलाहरूको पनि निरीक्षण गरिन्।

सन् २०१८ मा पछिल्लो पटक प्रत्यक्ष प्रस्तुति दिएकी ब्रिट्नी अब कहिले सार्वजनिक कार्यक्रममा देखिन्छिन् निश्चित छैन।

बीबीसीका अनुसार विहीवार उनको निवेदनमाथि सुनुवाइ हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell