PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

सञ्जय दत्तको पहिलो चरणको उपचार भारतमै हुने



पहिलोपोस्ट

सञ्जय दत्तको पहिलो चरणको उपचार भारतमै हुने

बलिउड कलाकार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। उनको पहिलो चरणको उपचार भारतमै हुने भएको छ। बुधवार दत्तकी श्रीमती मान्यता दत्तले विज्ञप्ती जारी गर्दै हाल उनको उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा हुने जानकारी दिएकी हुन्।

यसअघि उनी उपचारका लागि अमेरिका जाने खबर सार्वजनिक भएको थियो।

सार्वजनिक विज्ञप्तीमा मान्यताले सञ्जयका शुभचिन्तकहरूलाई साथ र कामनाका लागि धन्यवाद व्यक्त गरेकी छिन्। लेखेकी छिन्,’हाम्रो परिवारले यस परिस्थितिलाई सकारात्मक ढङ्गले सामना गर्ने निर्णय लिएका छौं। यो स्थितिसँग हाँसी हाँसी सामान्य ढङ्गमा जुध्ने प्रयास गर्दैछौं। किनकि अबको यात्रा कठिन र निकै लामो छ।‘

सञ्जयको वरपर नकारात्मक कुराहरू पर्न नदिने समेत जनाएकी छिन्। कोभिड-१९ का कारण भारतमै उपचार सुरु गरेको र अवस्था सामान्य हुँदै गए अमेरिका जाने जानकारी दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell