PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जना समातिए



पहिलोपोस्ट

माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जना समातिए

काठमाडौं : काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट नुवाकोट शिखरबेंसी ६ बस्ने २७ वर्षीय विकास पण्डित र २८ वर्षीय अमर तामाङलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले दुई पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरेको हो।अमर तामाङ डांका मुद्धामा ६ बर्ष २ महिना कैद भुक्तान गरि गत फागु २२ गते थुनामुक्त भएको खुलेको छ।

प्रहरी सोधपुछको क्रममा तामाङले पेस्तोल हतियार तथा खरखजाना डांका मुद्धामा संगै कारागारमा रहेका धनुषा जिल्ला धारापानी घर बताउने शम्भु कार्कीको भएको बताएका छन्।

उनीहरु हतियारको कारोबारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell