PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ट्राफिक महाशाखाका १७ प्रहरीमा कोरोना पोजेटिभ



पहिलोपोस्ट

ट्राफिक महाशाखाका १७ प्रहरीमा कोरोना पोजेटिभ
फाइल फोटो

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यारत १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

क्वारेन्टाइनमा राखेर परीक्षण गराएका प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। 'उनीहरु पहिले नै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। उनीहरु ड्युटीमा खटिएका थिएनन्,' एक प्रहरी अधिकृतले भने

यसअघि पनि महाशाखामा कार्यारत दुई जना प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि करिव ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गराइएको थियो। थप १५ जनामा कोरोना देखिएको हो। १२ दिनसम्म महाशाखा पूर्ण सिल गरिएको थियो।

अहिलेसम्म ७ सय भन्दाबढी प्रहरीमा कोरोना पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell