PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नेपाल एयरलाइन्सको पाइलट भन्दै महिलाको गहना लुट्ने समातिए



पहिलोपोस्ट

नेपाल एयरलाइन्सको पाइलट भन्दै महिलाको गहना लुट्ने समातिए

काठमाडौं : ठगी तथा लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। पाइलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने  मकवानपुर नामटार-२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो।

सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell