PahiloPost

May 16, 2026 | २ जेठ २०८३

वीरगंजमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, अधिकांश बहुदरमाईका



राधेश्याम पटेल

वीरगंजमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, अधिकांश बहुदरमाईका

वीरगंज : नारायणी अस्पताल वीरगंजले बुधवार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार वीरगंजमा १० जना महिलासहित ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

जसमध्ये एक जना बाराका ६२ वर्षीय वृद्ध छन् भने बाँकी ५२ जना पर्साको वीरगंज बहुदरमाई नगरपालिका, पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध सेमिआईसोलेशनमा संकलित स्वाबको नतिजा आएको हो।

नारायणी अस्पताल पीसीआर ल्याबकी प्रमुख प्याथोलोजिष्ट डा. नीरा पाठककाअनुसार बुधवार दिन भरमा ४५० वटा नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनले अधिकांश बहुदरमाई नगरपालिका, पोखरीया र धोबिनीका बासिन्दा रहेको बताइन्।

यसअघि पोजेटिभ देखिएकाको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति र केहीमा ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएका शंकास्पद बिरामीको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell