PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

पर्सामा थप ५२ जनामा कोभिड-१९ को संक्रमण



राधेश्याम पटेल

पर्सामा थप ५२ जनामा कोभिड-१९ को संक्रमण

वीरगंज:  पर्सा जिल्लामा थप ५२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणका क्रममा १० जना महिला सहित ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।

बुधवार राति नारायणी अस्पतालमा भएको परीक्षणका क्रममा ५३ जनामा संक्रमण पुष्टि भएकोमा एक जना बाराका ६२ वर्षका वृद्ध छन्। बाँकी ५२ जना पर्साका रहेको अस्पतालको पीसीआर ल्याब प्रमुख डाक्टर नीरा पाठकले जानकारी दिइन्।

संक्रमित मध्ये पर्साको वीरगंज, बहुदरमाई नगरपालिका,पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध सेमिआईसोलेशनका रहेका छन्। संक्रमण पुष्टि हुनेमा १६ वर्षका किशोर देखि ७२ वर्षको वृद्धसम्मका छन्।

यसअघि पोजेटिभ देखिएकाको कन्टक्ट ट्रेसिङमा परेका व्यक्ति र केहीमा ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएका शकास्पद विरामीको पनि रिपोर्ट पोजेटिभ देखिएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell