काठमाडौं : जडिबुटीमा ट्रको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।
जडिबुटीको आकासे पुल नजिकै ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की घाइते भएका छन्।
घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
