PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

जडिबुटी दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

जडिबुटी दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा

काठमाडौं: जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रुको मृत्यु भएको छ। उपचारको क्रममा आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

जडिबुटीको आकासे पुल नजिकै कोटेश्वरबाट भक्तपुर तर्फ जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती वडा ७ घर भएका ४४ वर्षीय धनबहादुर कार्की घाइते भएका थिए।

घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो। उपचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो। प्रहरीले ट्रकका चालक सर्लाही हरिवन घर भएका २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ। उनको साथमा सवारी चालक अनुमतिपत्र नभएको भेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell