PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

चितवनमा कोभिड-१९ संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड-१९ संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु

काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको हो। उनी ६ दिनदेखि कोभिड १९ संक्रमण भई भरतपुर अस्पतलाको कोभिड आईसीयूमा उपचाररत थिए। 

अस्पतालले उनलाई बिहीवार दिउसो २:५७ बजे मृत घोषणा गरेको हो। मृत्यु भएका पुरुष विभिन्न रोगबाट  संक्रमित समेत भएको अस्पतालले जानकारी दिएको छ। अहिलेसम्म देशभर कोरोनाबाट १ सय २१ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell