PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोरोनाबारे थप रणनीति बनाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



पहिलोपोस्ट

कोरोनाबारे थप रणनीति बनाउन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं: प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

बिहीवार अपरान्ह ५ वजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। '५ बजेका लागि बोलाइएको हो। के विषयमा छलफल हुन्छ भन्ने अहिले जानकारी छैन,'उनले भने।

कोभिड १९ संक्रमितको संख्या बढदै गएपछि यसबारे थप रणनीति बनाउन मन्त्रिपरिषद डाँकिएको बताइएको छ। चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गर्दा संक्रमित र मृतक संख्या बढेपछि सरकारले आवतजावतमा कडाइ गर्ने रणनीति अपनाएको छ। विभिन्न जिल्लामा निषेधाज्ञा लगाएर मानिसहरुको आवतजावतमा कडाइ गरिएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले बिहीवारबाट निषेधाज्ञा लगाएपछि जनजीवन ठप्प बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell