विराटनगर: प्रदेश १ मा आज ४२ जना कोभिड १९ संक्रमित थपिएका छन्। जसमा १३ महिला र २९ पुरुष रहेका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९ जना संक्रमित थपिएका हुन्। त्यस्तै उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ।
सुनसरीको धरानमा ३ महिला, ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुषमा पनि संक्रमण देखिएको छ।
त्यस्तै मोरङको बुढीगंगामा २ महिला, २ पुरुष, सुन्दरहरैचामा १ महिला, ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला र ६ पुरुष संक्रमित भएका छन्।
उदयपुरको त्रियुगामा १ महिला, ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
त्यस्तै महोत्तरीका २ महिला, १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ। प्रदेश १ बाट आज १८ जना डिस्चार्ज भएका छन्।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा आज १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ। हाल सम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक मन्त्रालयले जनाएको छ।
