PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

७ सय ७ जनामा कोभिड १९ को संक्रमण पुष्टि, ६ जनाको मृत्यु, उपत्यकामा २ सय जना संक्रमित



पहिलोपोस्ट

७ सय ७ जनामा कोभिड १९ को संक्रमण पुष्टि, ६ जनाको मृत्यु, उपत्यकामा २ सय जना संक्रमित

काठमाडौं : थप ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

बिहीवार गरिएको ११ हजार ८ सय ३२ जनाको पीसीआरमा ७ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म जम्मा संक्रमित २९ हजार ६ सय ४५ जना संक्रमित रहेका छन्। २६४ जना बिहीवार डिस्चार्ज भएका छन्। हालसम्म १७ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन्।

२ सय जना काठमाडौं उपत्यकामा संक्रमित बिहीवार थपिएका छन्। काठमाडौं १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना थपिएका छन्। 

आज ६ जनाको आज निधन भएको छ। बिहीवारसम्म संक्रमित भएर निधन हुनेको संख्या १ सय २६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell