PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोरोनाबाट मृत्यु भएका ६ जना कहाँ कहाँका? हालसम्म १ सय २६ संक्रमितको ज्यान गयो



पहिलोपोस्ट

कोरोनाबाट मृत्यु भएका  ६ जना कहाँ कहाँका? हालसम्म १ सय २६ संक्रमितको ज्यान गयो

काठमाडौं: हालसम्म नेपालमा कोभिड १९ संक्रमणका कारण १ सय २६ जनाको मृत्यु भएको छ। बिहीवार ६ जना मृतक थपिएका हुन्। नेपालमा कोभिड १९ को संक्रमण बढेसँगै मर्नेको संख्या पनि पछिल्ला दिनमा बढ्न थालेको छ।

कहाँ कहाँ भयो मृत्यु?

बिहीवार काठमाडौंका १ महिलाको कोभिड १९ संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतलमले मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष र पर्सामा १ महिला २ पुरुष गरी ६ जनाको मृत्यु भएको बताए।

बिहीवार थप ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ११ हजार ८ सय ३२ जनाको पीसीआरमा ७ सय ७ कजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell