PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

अस्पतालको गेटमा नपुग्दै गयो ज्यान, मृत्युपछि कोरोना पुष्टि



राधेश्याम पटेल

अस्पतालको गेटमा नपुग्दै गयो ज्यान, मृत्युपछि कोरोना पुष्टि
फाइल फोटो

वीरगंज : बाराको कलैया उपमहानगरपाकिला वडा नं १० मटिअर्वाका ५९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। उपचारको क्रममा बुधवार राति नारायणी अस्पताल लैजाँदा अस्पताल पुगेपछि उनको मृत्यु भएको थियो।

त्यसपछि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको थियो। नारायणी अस्पताल पीसीआर प्रयोगशालामा परिक्षण गरिएको जिन एक्सपर्ट पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोले उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो। बाराका प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले उपचारको क्रममा मृत्यु भएको मृत्तकका परिवारजनलाई उनको रिपोर्टबारे जानकारी गराइ, क्वारेन्टाइनमा बस्न जानकारी गराइसकेको र शव व्यवस्थपनका लागि नेपाली सेना, कलैयाको टोलीसँग समन्वय भइरहेको जानकारी गराए।

अबेर राति अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगंजको विभिन्न अस्पताल डुलाउँदाडुलाउँदै अन्त्यमा नारायणी अस्पतालमा लैजादा अस्पतालको मुल गेटमै पुग्दा ती पुरुषको ज्यान गएको परिवारजनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell