PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोभिड-१९ अपडेट : ४९ जिल्लामा नयाँ संक्रमित पहिचान, काठमाडौंमा मात्रै १७४ जना, कुन जिल्लामा कति?



पहिलोपोस्ट

कोभिड-१९ अपडेट : ४९ जिल्लामा नयाँ संक्रमित पहिचान, काठमाडौंमा मात्रै १७४ जना, कुन जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा ४९ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरण अनसार ११ हजार ८३२ जनाको नमुना परीक्षणका क्रममा ७०७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौंमा १७४ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्र २०० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। जसमध्ये ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमध्ये ५१५ पुरुष र १९२ महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा २६५ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन्। योसँगै १७ हजार ९६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।

जसमध्ये प्रदेश १ मा एक हजार १४४ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै, प्रदेश २ मा तीन हजार ८७७, वाग्मतीमा ७२४, गण्डकीमा एक हजार ५७५ जना संक्रमित निको भइसकेका छन्। 

प्रदेश ५ का चार हजार ३२८, कर्णालीका एक हजार ९७० र सुदूरपश्चिमका चार हजार ३४६ जना कोभिड-१९ संक्रमित उपचार पछि घर फर्किसकेका छन्।  

हाल नेपालमा ११ हजार ५५५ एक्टिभ केस रहेको प्रवक्ता गौतमले जानकारी दिए। जसमध्ये ८ हजार ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। जसमध्ये प्रदेश १ मा एक हजार ४५, प्रदेश २ मा दुई हजार ९५३, वाग्मतीमा दुई हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन्। त्यस्तै गण्डकीमा ३१५, प्रदेश ५ मा ८३७, कर्णलीमा २५३ र सुदूरपश्चिममा ७५७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।

त्यस्तै, प्रदेश १ मा २५७ जना होम आइसोलेसनमा छन्। प्रदेश २ मा दुई हजार ७८९, वाग्मतीमा १११, गण्डकीमा २७, प्रदेश ५ मा २४२, कर्णालीमा १८ र सुदूरपश्चिममा २८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

संक्रमितमध्ये १२९ जना संक्रमित अस्पतालको आइसीयू र ७ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। 

प्रदेश १ मा ११, प्रदेश २ मा ४६, वाग्मतीमा ५४, गण्डकीमा ६ र, प्रदेश ५ मा १२ जना संक्रमितको आइसीयूमा राखेर उपचार भइरहेको छ। जसमध्ये वाग्मती प्रदेशका ७ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। 

यी हुन पछिल्लो २४ घण्टामा संक्रमित पहिचान भएका जिल्लाहरु :

प्रदेश १
झापा १
तेह्रथुम ९
धनकुटा १
मोरङ ९
सुनसरी १३

प्रदेश २
धनुषा ३१
पर्सा ५५
बाराका ८
महोत्तरी १५
रौतहट ६
सप्तरी १९
सर्लाही ९३
सिरहा २१

वाग्मती प्रदेश 
काठमाडौं १७४
काभ्रे १
चितवन १
दोलखा २
धादिङ २
नुवाकोट ३
भक्तपुर ८
मकवानपुर २५
ललितपुर १८
सिन्धुपाल्चोक १ 
सिन्धुली १

गण्डकी
कास्की १९
गोरखा १
तनहुँ २
नवलपरासी पूर्व ३
बाग्लुङ ८
स्याङ्जा १

प्रदेश ५
कपिलवस्तु ३०
गुल्मी ३
दाङ ४ 
प्युठान १
बर्दिया २
बाँके १६
रुपन्देही १८
रोल्पा १

कर्णाली प्रदेश 
कालिकोट १
जाजरकोट १
दैलेख १९
रुकुम पश्चिम १
सल्यान १
सुर्खेत १

सुदूरपश्चिम  प्रदेश
अछाम ३१
कैलाली १
डडेलधुरा २
डोटी १६
दार्चुला १
बझाङ १ 
बैतडी १



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell