PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुदूरपश्चिम सरकारले बाढी-पहिरोमा परी मृत्यु भएकाका परिवारलाई एक लाख राहत दिने



एम बम

सुदूरपश्चिम सरकारले बाढी-पहिरोमा परी मृत्यु भएकाका परिवारलाई एक लाख राहत दिने

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएकाहरुका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ९ वटै जिल्लामा बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाका हकवालालाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरिने छ।

यस्तै, बैठकले प्रदेश विपद् कोषमा एक करोड रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। कोषबाट दोहोरो नपर्ने गरी सो रकम विपद्का कारण जनधनको क्षति बेहोरेकाका परिवारलाई राहत सामाग्री र बसोबास व्यवस्थापनमा खर्च गरिनेछ।

मन्त्रालयहरुले विषयगत कार्यालयमार्फत विपद्का घटनाबाट भएको भौतिक क्षतिको विवरण फरक नपर्ने गरी तत्काल उपब्ध गराउने, भौतिक पूर्वाधार मन्त्रालयले बाढी प्रभावित जिल्लामा अवरुद्ध सडक, खानेपानी, सिँचाई कुलो लगायतका संचरना सञ्चालन गर्न शिघ्र काम थाल्नुपर्ने र सामाजिक विकास मन्त्रालयले तत्काल औषधि र चिकित्सकको व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

बैठकले विपदमा परी घाईते भएका व्यक्तिहरूको उपचार प्रदेश सरकारले नै गर्ने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell