PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी



रासस

कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी

पाल्पा : कोभिड-१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न पाल्पामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शुक्रवार १२ बजे रातिदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाका अवधिमा एम्बुलेन्स, शववाहन, खाद्य सामाग्रीबाहक सवारी साधन, औषधि बोकेका सवारी साधनलगायत अत्यावश्यक सवारी साधन मात्रै चलाउन पाइने छ। सो अवधिमा अत्यावश्यक सरकारी तथा सुरक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र विद्युतलगायत कार्यालय खुल्नेछन्।

व्यवसायतर्फ औषधि तथा औषधिजन्य, खाद्य, फलफूल, तरकारी, दूधका पसल बिहान ७ देखि १० बजेसम्म मात्र खुल्ने प्रजिअ न्यौपानेले जारी गरिएको निषेधाज्ञामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell