PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

तीज पारिवारिक रुपमै मनाऔँ, आगामी वर्ष भव्य ढङ्गले मनाऔँला : मुख्यमन्त्री पोखरेल



रासस

तीज पारिवारिक रुपमै मनाऔँ, आगामी वर्ष भव्य ढङ्गले मनाऔँला : मुख्यमन्त्री पोखरेल

रुपन्देही : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले पारिवारिक रुपमा मात्रै तीज मनाउन आग्रह गरेका छन्।

हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढ्न आग्रह गरे। उनले कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज विगतमा झैँ भव्य ढङ्गले मनाउन सकिने बताए।

जनचाहना र जनाकाङ्क्षानुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीजले सार्थक भूमिका खेल्ने अपेक्षा गर्दै उनले विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा जुट्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell