इङ्ग्लिस प्रिमियर लिगको २०२०/२१ को सिजनको तालिका सार्वजनिक भएको छ।
सेप्टेम्बर १२ बाट सुरु हुने लिगको पहिलो दिनको खेलमा च्याम्पियन लिभरपुललाई इएफएल च्याम्पियनसिपबाट च्याम्पियन भएर बढुवा भएको लिड्स युनाइटेडले चुनौती दिनेछ। लिड्स अर्जेन्टाइन प्रशिक्षक मार्सेलो बाइल्साको प्रशिक्षणमा १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको हो।
लिड्सले सुरुकै खेलमा बलियो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने भएको हो। अर्कोतर्फ ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुल सन् २०१७ मा क्रिस्टल प्यालेससँग पराजित भएयता घरेलु मैदानमा प्रिमियर लिगमा अपराजित छ।
त्यस्तै, पहिलै दिन फुलहम र आर्सनल, टोटेनहम र एभर्टन, क्रिस्टल प्यालेस र साउथ ह्याम्पटनलगायतको खेल पनि पहिलो दिननै छ।
लिग २३ मेमा मा सकिने छ।
