PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लबमा आबद्ध



रासस

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लबमा आबद्ध
फाइल फोटो।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन्। मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो। चन्द ब्रदर्स प्रालिको पहलमा रिजाल दोस्रो डिभिजनको लिग खेल्ने उक्त क्लबमा तीन वर्षका लागि आवद्ध भएका हुन्।

रिजाल एसियन कोटाबाट टोलीमा आवद्ध हुन सफल भएको चन्द ब्रदर्सका रविन्द्र चन्दले जानकारी दिए। रिजालले पाउने पारिश्रमिकबारे भने केही खुलाइएको छैन।

रिजालले यसअघि माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट फुटबल खेलिसकेका छन्। उनीसित नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबाट खेलेको लामो अनुभव छ। आफूले पाएको अवसरको सदुपयोग गर्ने रिजालले बताए।

भारतको दोस्रो डिभिजन लिग खेलिरहेको मोहमेदन एफसीलाई लिगको शीर्ष स्थानमा पुरयाउन सक्दो मेहनत गर्ने उनले बताए। कोरोना महामारीका कारण रोकिएको उक्त लिग यही महिनादेखि शुरु हुँदैछ। बन्द रंगशालामा लिग आयोजना गर्ने तयारी छ। रिजाल बिहीवार भारतको कोलकातातर्फ लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell