भारतीय रिटायर्ड क्रिकेटर महेन्द्रसिंह धोनीको सन्यासलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावुक पत्र लेखेका छन्। पत्रमा मोदीले धोनीको रिटायर्डमेन्टबाट १ अर्ब ३० करोड भारतीय निराश भए पनि उनले भारतीय क्रिकेटका लागि जे गरे त्यसका लागि कृतज्ञ रहेको बताएका छन्। प्रधानमन्त्री मोदीले धोनीबाट नयाँपुस्ताले प्रेरणा लिने उल्लेख गरेका छन्।
धोनीले ट्वीटमार्फत मोदीको पत्र सार्वजनिक गरेका हुन्।
An Artist,Soldier and Sportsperson what they crave for is appreciation, that their hard work and sacrifice is getting noticed and appreciated by everyone.thanks PM @narendramodi for your appreciation and good wishes. pic.twitter.com/T0naCT7mO7
— Mahendra Singh Dhoni (@msdhoni) August 20, 2020
‘इतिहासमा तपाईको नाम महानतम क्रिकेट कप्तान र विकेटकिपरका रुपमा बनेको छ। मुस्किलको घडीमा पनि डटिरहने र म्याच सक्ने तपाइको स्टाइल खास गरी सन् २०११ को वर्ल्डकप फाइनल आउने पुस्ताले सँधै याद राख्नेछ,’ मोदीले धोनीलाई लेखिएको पत्रमा लेखिएको छ, ‘एउटा सानो सहरबाट निस्किएर राष्ट्रिय क्षितिजमा छाएर आफूलाई र भारतलाई गर्वबोध गराउनु भयो। तपाईको उभार र त्यसपछिको आचरण ती करोडौं युवाहरुलाई प्रेरित गर्नेछ जो सुविधासम्पन्न स्कुलकलेज या ठूलो परिवारसँग नाता राख्दैनन्। तर, उचाइमा पुग्ने ट्यालेन्ट राख्छन्।
त्यस्तै मोदीले आफ्नो पत्रमा धोनीको जोखिम लिने क्षमतालाई सेनासँग जोड्दै सराहना गरेकाछन्। मोदीले धोनीको पत्नी र छोरीको बारेमा पनि उल्लेख गर्दै धोनीको सफलतामा उनीहरुको पनि योगदान रहेको उल्लेख गरेका छन्।
धोनीले १५ अगस्टमा सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।
विहारको झारखण्डमा जन्मिएका ३९ वर्षीय धोनीले भारतलाई दुईपटक विश्व विजेता बनाएका थिए। उनले एकदिवसिय क्रिकेटमा २०० भन्दा बढी खेलमा कप्तानी गरेका थिए। जसमा १ सय १० खेलमा उनले जित दिलाउन सफल भए। उनले सन् २००७ मा भारतलाई टी २० विश्वकप र सन् २०११ एकदिवसीय विश्वकप ट्रफी दिलाएका थिए। २०१४ मा उनले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।
धोनीले सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। उनले ९० टेस्ट, ३५० वानडे र ९८ टी २० खेलेका छन्। जसमा ४८७६, १०७७३ र १६१७ रन क्रमश बनाएका छन्। आइपिएलमा उनले १ सय १९० म्याचबाट ४४३२ रन बनाएका छन्।
