PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

थप एक जना ७४ वर्षीय कोरोना संक्रमितको मृत्यु, वीरगंजमा मात्रै संक्रमणले मर्ने पुगे ३३



राधेश्याम पटेल

थप एक जना ७४ वर्षीय कोरोना संक्रमितको मृत्यु, वीरगंजमा मात्रै संक्रमणले मर्ने पुगे ३३
फाइल फोटो

वीरगंज : कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको सख्या ३३ पुगेको छ। बिहीवार साँझ पौने सात बजे वीरगंज १५ प्रतीमा चोकका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो।

वीरगंजमा मृत्यु हुनेमा पर्साका २४ जना, बाराका ६, रौतहटका २ जना र एक जना वेवारिसे रहेका हुन्। गएको साउन २ गते नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण गरी स्वाब परीक्षण गराएका ७४ वर्षीय वृद्धको साउन ३ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि नारायणी अस्पतालले वीरगंज हेल्थ केयर अस्पतालमा रेफर गरिएको थियो।

साउन ३ गते साँझ साढे ६ बजेपछि उनको उपचार शुरु भएको थियो। भर्ना भई आईसीयूमा उपचार भइरहेको वृद्धको बिहीवार मृत्यु भएको हो। वीरगंज हेल्थकेयर कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर दीपक कुशवाहले भने, ‘संक्रमित ७४ वर्षे वृद्ध हुनु हुन्थ्यो। क्षयरोग सहित मधुमेह, उच्च रक्तचाप र थाइराइडका विरामी पनि हुनुहुन्थ्यो। साँझ अचानक श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell