PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

तीन सातामा थपिए १२ लाखभन्दा धेरै संक्रमित, अमेरिका र ब्राजिलमा भन्दा भारतमा धेरै भेटिए संक्रमित



पहिलोपोस्ट

तीन सातामा थपिए १२ लाखभन्दा धेरै संक्रमित, अमेरिका र ब्राजिलमा भन्दा भारतमा धेरै भेटिए संक्रमित

नयाँ दिल्ली : अगस्टमा मात्रै भारतमा १२ लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतमात्र होइन विश्वमै यस महिना सबैभन्दा धेरै संक्रमित भेटिएको रेकर्ड हो। अगस्टको तीन सातामा नै १२ लाख भन्दा धेरै संक्रमित पहिचान भएको तथ्य सार्वजनिक भएको दिन यहाँ ६९ हजार भन्दा धेरै मानिसमा कोभिड १९ देखिएको छ भने ९ सय ८६ जनाले ज्यान गुमाएका छन्।

एक अगस्टदेखि २० सम्म भारतमा १२ लाख ७ हजार ५ सय ३९ जना संक्रमित फेला परेका हुन्। यही अवधिसम्म अमेरिकामा ९ लाख ९४ हजार ८ सय ६३ संक्रमित भेटिएका छन् भने ब्राजिलमा ७ लाख ९४ हजार १ सय १५।

बिहीवार भारतमा ६९ हजार ३ सय १७ नयाँ केस पहिचान भएको छ। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख पार भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell