PahiloPost

May 16, 2026 | २ जेठ २०८३

रौतहटका ५५ वर्षका पुरुषको वीरगंजमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



राधेश्याम पटेल

रौतहटका ५५ वर्षका पुरुषको वीरगंजमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगंज : रौतहटका ५५ वर्षीय एक पुरुषको आज बिहान साढे ३ बजे उपचारको क्रममा मृत्यु भएको छ।

ज्वरो खोकी, पखाला तथा स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। शिवदर्शन सेन्ट्रल आस्पताल रौतहट कोरोना संक्रमणको सम्भावना भन्दै ती विरामीलाई नारायणी आस्पताल लगिएको थियो। आकस्मिक कक्षमा ल्याएको केही बेरमा नै उनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरजकुमार सिंहले बताए। स्वास्थ्य अवस्था बिग्रिएपछि अन्तिम अवस्थामा आएकाले बचाउन नसकिएको उनको भनाई थियो। उनको पीसीआर रिपोर्ट आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell