PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु



पहिलोपोस्ट

बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

काठमाडौः लुम्विनी प्रादेशिक अस्पताल,बुटवलमा एक कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ।

प्युठान स्वर्गद्धारी नगरपालिका वडा नम्वर ७ सोत्त्रेका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। गत साउन ३२ गते कोरोना पोजेटीभ देखिएपछि उनलाई भदै १ गते प्युठानबाट रिफर गरिएको थियो।

स्वास्प्रस्वासको समस्या लगायत दिर्घ रोगी उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। आज बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। यस अस्पतालमा अहिलेसम्म कोरोनाबाट संक्रमित तीन जनाको मृत्यु भइसकेको छ। देशभर कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय २७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell