PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

बुटवलको कोभिड विशेष अस्पतालमा प्युठानका एक जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

बुटवलको कोभिड विशेष अस्पतालमा प्युठानका एक जना संक्रमितको मृत्यु

काठमाडौः लुम्विनी प्रादेशिक अस्पताल,बुटवलमा कोभिड-१९ संक्रमित एक पुरुषको मृत्यु भएको छ।

प्युठान स्वर्गद्धारी नगरपालिका वडा नम्वर ७ सोत्त्रेका ६४ वर्षीय पुरुषको अस्पतालको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको हो। गत साउन ३२ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका उनलाई भदै १ गते प्युठानबाट रिफर गरिएको थियो।

स्वास्प्रस्वासको समस्या लगायत दिर्घ रोगीसमेत रहेका उनको आइसियुमा राखेर उपचार भइरहेको थियो। शुक्रवार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

लुम्विनी प्रादेशिक अस्पताल र अस्पतालले सञ्चालन गरेको कोभिड-१९ विशेष अस्पताल धागो कारखानामा योसँगै कोभिड-१९ को संक्रमण पहिचान भएका तीन जनाको मृत्यु भइसकेको छ। यसअघि कपिलवस्तुका दुई पुरुषको पनि आइसीयुमा उपचारका क्रममा मृत्यु भएको थियो। 

देशभर कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय २७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell