काठमाडौं : पछिल्लो समय चितवनका अस्पतालहरुमा दैनिक कोभिड-१९ को संक्रमण पुष्टि भइरहेका छन्। पछिल्लो समय बिहीवार राती १२ बजेसम्मको नतिजा अनुसार भरतपुर अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भरतपुरका १९ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा भरतपुरका ८ पुरुष र ११ महिला रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। त्यस्तै संक्रमण पुष्टि हुनेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत पर्वतका ५० वर्षका पुरुष, पर्सा वीरगंजका ६५ वर्षकी महिला र मकवानपुर मनहरीका ७४ वर्षका पुरुष पनि छन्।
त्यस्तै भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणका क्रममा नवलपरासी पूर्व मध्यविन्धु अस्पतालमा उपचाररत एक जना पुरुमा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै चितवनको राप्तीमा रहेको क्वारेन्टाइनबाट संकलित नमुना मध्ये तीन जनाको रिपोर्टसमेत पोजेटि आएको छ।
