PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पाटन अस्पतालमा कोभिड-१९ संक्रमित दुई जनाको मृत्यु



पहिलोपोस्ट

पाटन अस्पतालमा कोभिड-१९ संक्रमित दुई जनाको मृत्यु
FILE PHOTO

काठमाडौं: पाटन अस्पतालमा थप दुई जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ। 

अस्पतालमा उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको शुक्रवार बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ।  मृतक महिला भदौं २ गते कोभिड-१९ संक्रमण पुष्टिपछि अस्पतालमा भएकी थिइन्। 

त्यस्तै शुक्रवार नै  सर्लाही मलंगवाका ४६ वर्षका पुरुषको पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। साउन ३१ गते संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना गरिएका उनको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell