PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक जना सङ्क्रमितको मृत्यु



फूलमाया पुरी

विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक जना सङ्क्रमितको मृत्यु
फाइल फोटो

विराटनगर: विराटनगर महानगरपालिकामा थप एक जना कोभिड १९ बाट सङ्क्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका ६ नम्बर वडाका ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए।

भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरपालिकाको अनुमतिमा उनी होम आइसोलेसनमा बस्दै आएका थिए। उनको बिहीबार राती मृत्यु भएको वडाध्यक्ष कामतले जानकारी दिए। मृतक सुगर र प्रेसरका बिरामी समेत थिए।

‘महानगरले मृतकको परिवार, छिमेकी र मृतकसँग सम्पर्कमा आएकाहरुको परीक्षणका लागि सबैको नाम टिपेर लगिसकेको छ,’ वडा अध्यक्ष कामतले भने।

शव व्यवस्थापनका लागि महानगरपालिकालाई जानकारी गराइसकेको र सेनाले त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको वडाध्यक्ष कामतले जानकारी दिए।

हालसम्म वडामा ७५ जना सङ्क्रमित भएका छन्। त्यसमध्ये ३० जना होम आइसोलेसनमा  छन्। त्यस्तै १० जना सङ्क्रमणबाट मुक्त भइसकेको वडा अध्यक्ष कामतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell