PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गृहको निर्देशनमा बैंकका कर्मचारीलाई सडकमा हिंड्डुल गर्न सहज भएपछि बैंकहरु खुले



पहिलोपोस्ट

गृहको निर्देशनमा बैंकका कर्मचारीलाई सडकमा हिंड्डुल गर्न सहज भएपछि बैंकहरु खुले

काठमाडौः गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएपछि शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु निर्वाध रुपमा खुलेका छन्।

बिहीबारको तुलनामा आज (शुक्रवार) प्रहरीले आवागमनमा कर्मचारीलाई निकै सहज बनाएको छ। कार्यालयको परिचयपत्र बोकेर हिँड्नेलाई सहजै हिँडडुल गर्न दिएको छ।

'आज शाखा खोल्न अप्ठेरो परेको छैन,' बैंकर्स संघका अध्यक्ष भुवन दहालले भने, 'उपत्यकाभित्र ३० जना कर्मचारी मात्र परिचालन गर्न पाइन्छ भन्ने छ। त्यही अनुसार अहिले शाखा खुलेका छन्।'

बैंकहरुले काठमाडौं, ललितपुर र भक्तपुरमा तीन शाखा कार्यालय खोल्न पाउने छन्। हेड अफिसको शाखा सञ्चालनमा आए त्यही स्थानको अर्को शाखा बन्द हुनेछ।

हेड अफिस भने सञ्चालन हुनेछ। हेड अफिसले जिल्लास्थित शाखादेखि आन्तरिक ट्रेजरी, आइटी, कार्ड, अनलाइन भुक्तानीमा सहजीकरण गर्नु पर्ने भएकाले खुल्ने भएको हो।

बिहीबार भने प्रहरीले बैंकका कर्मचारीलाई बाहिर निस्कन दिएको थिएन। स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेका थिए। कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि बाटैमा रोकिएका थिए।

प्रहरीले उनीहरुलाई घर पनि जान दिएको थिएन। यस्तो भएपछि बैंकर्स संघले बिहीबार बैंक नखोल्न सदस्य बैंकहरुलाई भनेको थियो। बैंक नखुलेपछि स्थानीय प्रशासन दबाबमा आएको थियो। गृह मन्त्रालयले समन्वयकारी भूमिका खेलेर शुक्रबारबाट बैंक खोल्न दिने वातावरण बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell