PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नेशनल मेडिकल कलेजका डाक्टर, भन्सार कर्मचारीसहित तीन जिल्लामा ८६ जना सङ्क्रमित थपिए



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजका डाक्टर, भन्सार कर्मचारीसहित तीन जिल्लामा ८६ जना सङ्क्रमित थपिए

वीरगंजः पर्सा,बारा र रौतहटमा ८६ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन्। २६ जना महिला र ६० जना पुरुष सङ्क्रमण देखिएको हो। ७ वर्षदेखि ७० वर्ष उमेर समूहका नयाँ सङ्क्रमितहरू थपिएका हुन्।

नारायणी अस्पताल वीरगंज पीसीआर प्रयोगशालाले बिहीबार राति सार्वजनिक गरेको नतिजा अनुसार ४ सय ५० जनाको नमूना परीक्षणबाट पर्साका ८०, बाराका ५ र रौतहटका १ जना गरी कुल ८६ जना संक्रमति थपिएका हुन्।

सङ्क्रमितहरू मध्येमा नेशनल मेडिकल कलेजका डाक्टरसहित केही स्वास्थ्यकर्मी, वीरगंज भन्सारका केही कर्मचारी तथा पर्साको ग्रामीण भेगका पालिकाहरूका बासिन्दा रहेका छन्।

यसअघि पोजेटिभ देखिएका सङ्क्रमितहरूको कन्ट्र्याक्ट ट्रेसिङमा परेका वीरगंज महानगर, पोखरीया तथा बहुदरमाई नगरपालिकाका सङ्क्रमितहरू अधिकांश मात्रामा रहेको नारायणी अस्पताल पीसीआर प्रयोगशालाका एक अधिकृतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell