PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेपाल र इजरायलबीच सम्झौता: कुटनीतिक राहदानीबाहकले ९० दिनका लागि प्रवेशाज्ञा लिन नपर्ने



पहिलोपोस्ट

नेपाल र इजरायलबीच सम्झौता: कुटनीतिक राहदानीबाहकले ९० दिनका लागि प्रवेशाज्ञा लिन नपर्ने

काठमाडौं: नेपाल तथा इजरायलबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार अब उप्रान्त दुबै देशका कुटनीतिक राहदानी बाहक नागरिकले ९० दिनसम्मका लागि प्रवेशाज्ञा लिन नपर्ने भएको छ।

इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा बिहीवार आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री गबी आशकेन्जीले हस्ताक्षर गरे।

समारोहमा राजदूत शाक्ले नेपालमा लर्न एण्ड अर्न प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई एक्सपर्ट/कन्सल्टेन्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन्।

त्यसैगरी केयर गिभर क्षेत्रमा पुन: नेपालीहरुलाई ल्याउने र सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको जेरुसलेमस्थित नेपाली दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell