PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प



पहिलोपोस्ट

इन्डोनेसियामा ६.९ म्याग्नेच्युडको भूकम्प

जाकार्ता : इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारी प्रान्तमा ६.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। मुलुकको मध्य भागमा आएको भूकम्पपछि सुनामीको सम्भावना भने नरहेको मेट्रोलोजी एन्ड जिओफिजिक्स एजेन्सीले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ११ बजेर ९ मिनेट जाँदा भूकम्प भएको हो। फ्लोरिस जिल्लाको उत्तरपूर्वी भेगमा केन्द्रविन्दु बनाएर भूकम्प भएको थियो।   

समुन्द्र मुनि भएको भूकम्पबाट कुनै क्षति भएको विवरण आएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell