PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

धोनी पछि रैनालाई पनि मोदीको पत्र: म 'रिटायरमेन्ट' शब्द प्रयोग गर्न चाहन्न



पहिलोपोस्ट

धोनी पछि रैनालाई पनि मोदीको पत्र: म 'रिटायरमेन्ट' शब्द प्रयोग गर्न चाहन्न

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी पछि सुरेश रैनालाई पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र पठाएका छन्। धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका रैनालाई पनि मोदीले पत्र पठाएका हुन्।

शुक्रवार रैनाले उक्त पत्रलाई सामाजिक सञ्जालमा सेयर गरेका छन् जसमा मोदीले रैनाको तारिफ गरेका छन्।

’१५ अगस्टमा तपाईले आफ्नो जीवनसँग जोडिएको एउटा ठूलो निर्णय गर्नुभएको छ। म यसलाई रिटायरमेन्ट त भन्दिन किनभने अझ तपाइ युवा र उर्जावान हुनुहुन्छ।’ मोदीले पठाएको पत्रमा लेखिएको छ, ‘तपाईले क्रिकेट जिउनु भएको छ। तपाइले सानै उमेरबाट लखनउमा क्रिकेट सुरु गर्नुभएको थियो। तीनै फर्म्याटमा देशको प्रतिनिधित्व गरेपछि तपाइलाई देशबाट धेरै स्नेह मिलेको छ।’

मोदीले रैनालाई एक ब्याट्सम्यानको रुपमा मात्र नभइ एक बलर र कुशल फिल्डिङ गर्नसक्ने खेलाडीका रुपमा पनि चित्रित गरेका छन्।

‘तपाइले मैदानमा फिल्डरको रुपमा जति रन बचाउनु भएको छ, त्यसलाई गन्न थाल्ने हो भने दिन बित्नेछ। एक ब्याट्सम्यानका रुपमा खासगरी टी२० मा दमदार प्रदर्शन गर्नुभएको छ। टी २० सजिलो फर्म्याट होइन।’

त्यस्तै मोदीले मैदान बाहिर पनि महिला शसक्तिकरण, स्वच्छ भारतलगायतका अभियानहरुमा जोडिएकाले युवाहरुलाई प्रेरित गरेको उल्लेख गरेका छन्।

अर्कोतर्फ रैनले पनि मोदीलाई पत्रको जवाफ दिएका छन्।

‘जब हामी खेल्छौं हामी राष्ट्रका लागि आफ्नो खुन पसिना बगाउँछौं। यहाँसम्मकी देशको प्रधानमन्त्रीले गरेको यो प्रेम भन्दा ठूलो सराहना हुन सक्दैन। सराहना र शुभकामनाका लागि प्रधानमन्त्री जी लाई धन्यवाद’ रैनले लेखेका छन्।

रैनाले धोनीसँगै अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

सन् २००५ जुलाई ३० मा श्रीलंकाविरुद्ध भारतीय राष्ट्रिय टिममा डेब्यू गरेका रैनाले १८ टेस्टमा ७८८ रन र एक दिवसीयमा २२६ खेलमा ५६१५ रन बनाएका छन्। त्यस्तै ७८ टी २० खेलेका उनले १६०५ रन बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell