PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पाकिस्तान र इङ्ग्लयान्डबीच तेस्रो टेस्ट आजबाट, दुबै टिम शाखको लडाइमा



पहिलोपोस्ट

पाकिस्तान र इङ्ग्लयान्डबीच तेस्रो टेस्ट आजबाट, दुबै टिम शाखको लडाइमा

इङ्ग्लयाण्ड र पाकिस्तानबीचको टेस्टको अन्तिम खेल आज सुरु हुँदैछ। सिरिजमा यसअघि इङ्ग्लयाण्डले १ खेल जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा रोकिएको थियो। आज साउथ ह्याम्पटनमा हुने आजको खेलमा जित निकाल्दै इङ्ग्लयाण्ड सिरिज जित्न चाहन्छ भने पाकिस्तानको ध्येय अन्तिम खेल जित्दै सिरिज बराबरीमा रोक्दै आफ्नो शाख जोगाउनेमा हुनेछ।

पाकिस्तान १० वर्षयता इङ्ग्लयाण्डसँग टेस्टमा अपराजित छ भने इङ्ग्लयाण्ड ६ वर्षयता घरेलु मैदानमा टेस्ट सिरिजमा अपराजित छ। सिरिजको पहिलो म्याचमा पाकिस्तानलाई ३ विकेटले हराएको इङ्ग्लयाण्ड सिरिजमा १-० ले अगाडि छ। इङ्ग्लयान्ड तेस्रो टेस्ट जित्दै २-० ले सिरिज जित्ने होडमा छ। अर्कोतर्फ पाकिस्तान अन्तिम टेस्ट जितेर सिरिज १-१ को बराबरीमा सकाउने दाउमा छ।

सन् २०१० यता इङ्ग्ल्याण्डले पाकिस्तान विरुद्धको सिरिज जितेको छैन। सन् २०१० जुलाईमा ३-१ ले इङ्ग्ल्याण्ड सिरिज जितेयता ४ वटा टेस्ट सिरिज यी दुई देशबीच भइसकेका छन्। जसमा सन् २०१२ र १५ मा पाकिस्तानले २ वटा सिरिज जितेको थियो भने सन् २०१६ र २०१८ मा भएको सिरिज बराबरीमा टुंगिएको थियो।

खेल आज दिउँसो पौने ४ बजे द रोज बल स्टेडियम, साउथ ह्याम्टनमा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell