PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जना डोजाङ प्रमुखको कोरोना बिमा गरिदिने



पहिलोपोस्ट

काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जना डोजाङ प्रमुखको कोरोना बिमा गरिदिने

काठमाडौं: काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना विमा गरिदिने भएको छ। काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन्।
जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए।

संघले प्रत्येकको ५० हजारका दरले बिमा गर्न लागिएको हो। त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन्।

जिल्ला संघले यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell