PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गण्डकी प्रदेशमा थप २१ जना कोभिड-१९ को संक्रमित पहिचान, मनाङमा पुन: देखियो संक्रमण



पहिलोपोस्ट

गण्डकी प्रदेशमा थप २१ जना कोभिड-१९ को संक्रमित पहिचान, मनाङमा पुन: देखियो संक्रमण

काठमाडौं : गण्डकी प्रदेशमा थप २१ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ८ सय ४४ पुगेको छ।

नवलपरासी पूर्वमा थप १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। विनयी त्रिवेणी गाउँपालिकाका ६ का १० पुरुष र ३ महिला गरी ११  जना र वडा नं ७ का तीन पुरुष र दुई महिला गरी ५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

त्यस्तै बाग्लुङ जिल्लामा पनि १ महिलामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

यता मनाङमा पनि पुन: संक्रमित फेला परेका छन्। मनाङमा कार्यरत मोरङ र चितवनका १/१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell