PahiloPost

May 14, 2025 | १ जेठ २०८२

निषेधाज्ञा जारी भएपछि यस्तो देखियो धनगढी, उल्लंघन गर्नेलाई एक महिना कैद

निषेधाज्ञा जारी भएपछि यस्तो देखियो धनगढी, उल्लंघन गर्नेलाई एक महिना कैद

एम बम/पहिलोपोस्ट


कैलाली : लकडाउनको उल्लंघन बढ्दै गएपछि कोरोनाको संक्रमण पनि बढ्न थालेको भन्दै कैलालीमा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार मध्यरातिबाट कैलालीमा निषेधाज्ञा लागू गरेको हो।

धनगढी उपमहानगरपालिकाले सिफरिस गरेपछि प्रशासनले बुधवारउक्त निर्णय गरेको थियो। कैलालीमा १४ गतेसम्म निषेधाज्ञा जारी रहनेछ।

यसअघि लकडाउनमा आग्रह र अनुरोध मात्रै गर्न पाउने भएकाले अब निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ‘निषेधाज्ञा भनेको अब आदेश नै दिन पाउनेसमेत अधिकार हुन्छ,’ उनले भने, ‘संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा ज्युले आदेश जारी गर्नु भएको हो।’

स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लंघन गर्छ भने एक महिनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। त्यसै अनुरुप सुरक्षा संयन्त्रलाई निषेधाज्ञा कार्यान्वयन गाराउन निर्देशन भइसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell