काठमाडौं : थप ३६ जना सशस्त्र प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ।
भक्तपुरस्थित २२ नम्बर गुहेश्वरी गण र कीर्तिपुरस्थित १८ नम्बर नीलबाराही गणमा रहेका सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो। गुहेश्वरी गणमा २० जना र नीलबाराही गणमा रहेका १६ जनामा कोरोना देखिएको हो।
उनीहरु तराईका विभिन्न सीमा नाकामा ड्युटी गरेर फर्किएका प्रहरी हुन्। उनीहरुलाई तराईबाट फर्किएपछि छुटै क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो।
