PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

अछाममा एउटै अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण



एम बम

अछाममा एउटै अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण
फोटो : facebook.com/possiblehealth

कैलाली : अछाममा एउटै अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले जानकारी दिए।

बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। ५ जना भने अस्पतालको प्रयोगशालामा कार्यरत छन्।

यसअघि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell