काठमाडौं: शुक्रवार थप ८ सय ३८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ।
१३ हजार ५ सय ७९ लाई गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै जम्मा संक्रमित संख्या ३० हजार ४ सय ८३ पुगेको छ।
मन्त्रालयको निमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतलमले हालसम्म नेपालमा संक्रिय संक्रमित १२ हजार १ सय ३२ जना रहेको बताए।
शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको छ। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो। यससँगै कुल मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।
काठमाडौं उपत्यकामा १ सय ८२ जना संक्रमित शुक्रवार थपिएका छन्। २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन्।
