काठमाडौं: शुक्रवार एकै दिन ११ जना कोभिड १९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एक महिला र १० पुरुषको निधन भएको हो। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी, सल्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा एक एक जना संक्रमितको मृत्यु भएको बताए।
शुक्रबार ११ जना मृतक थपिएसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।
आज ८ सय ३८ जनामा कोभिड १९ को संक्रमण देखिएको हो।
